Je me réveillais, elle me murmura,       « Ils ont plongé notre pays dans la nuit, nous avons perdu notre ombre. Eux là-bas, ceux que l’on ne nomme pas. Repose-toi, tu n’es pas d’ici. La misère, ce n’
Chez NANA, Photo Vincent Greby

L affaire des 16 piliers ( extrait )

Article

विकल्पमा फ्रेन्च कलाकारको सेलावी

 

पुल्चोकस्थित विकल्प आर्ट सेन्टरमा फ्रेन्च कलाकार भिनसेन्ट ग्रेभीको सेलावी(जिन्दगी यस्तै हो) चित्रकला प्रदर्शनी भइरहेको छ। 

गतहप्ता देखि सुरु भएको प्रदर्शनी आगामी डिसेम्बर २७ तारिखसम्म जारी रहने प्रदर्शनकी क्युरेटर सरोज महतोले बताए। 

महतोका अनुसार १५ वर्षदेखि नेपालमा बसेर चित्र कोरिरहेका भिनसेन्टले पुर्वीय दर्शनबाट प्रभावित हुँदै राजनैतिक धार्मिक मुद्दाभन्दा टाढा रहेर दैनिक जीवनलाई आफ्ना चित्रहरुमा उतार्ने प्रयास गरेका छन। 

 

No description available.No description available.

 

प्रदर्शनीमा तीन दर्जन चित्रहरु प्रदर्शनीमा राखिएका छन। ती सबै चित्रहरु लकडाउनका समयमा बनाएको हो। 

‘जिन्दगी यस्तै हो भनेजस्तै उनले बनाएका पेन्टिङहरु स्मुथ, अपियलिङ छन्,’ क्युरेटर महतोले भने।

कलाकार भिनसेन्टले मानिसहरुले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुरामा ध्यान नदिने बताए। उनले आफूले पेन्टिङ बनाएर र त्यसलाई मानिसहरुले आ–आफ्नो अर्थमा बुझ्ने बताए। 

 

No description available.No description available.

 

‘म मेरा कामहरु देखाउँन पाउँदा निकै खुशी छु। मेरा कामहरु फुल र रंगमा सीमित छन्। मान्छेहरुले राम्रो भनुन नभनुन तर मेरो काम गर्ने तरिका यही हो,’ उनले भने, ‘मेरो कम रंगमा आधारित छन्। यो पेन्टिङका लागि ३ दिनदेखि ३ हप्तासम्म खर्च भएका छन्।  

भिनसेन्ट आफू कुनैपनि सन्देशकर्ता नभएको बताउँछन्। पेन्टिङ गरेपछि मानिसहरुले फिल गर्न सकेनन भने त्यो अपूर्ण हुने उनी मान्छन्। 

 

No description available.No description available.

 

 

‘कुनैपनि सन्देश दिन खोजेको छैन। मैले मेरो कुचि चलाए। अब मानिसहरुले आफ्नो नजर अनुसार बुझाई गर्नसक्छन,’ उनले भने। 

 

साहित्य डबली

 

फ्रेन्च चित्रकारको चित्रकला प्रदर्शनी : सेलावी अर्थात् जीवन यस्तै हो
64x64
नेपाल लाइभसोमबार, पुस ५, २०७८  २०:००

 

काठमाडौं– ‘जीवन के हो?’

फ्रेन्च चित्रकार भिन्सेन्ट ग्रेवीलाई लाग्छ जीवन केही होइन। केवल जन्म र मृत्यु हो।

पुल्चोकस्थित विकल्प आर्ट सेन्टरमा चलिरहेको भिन्सेन्टको एकल चित्रकला प्रदर्शनीमा राखिएका चित्रहरुले पनि यसै भन्छन्। ‘सेलावी’ अर्थात ‘जीवन यस्तै हो’ शीर्षकमा चलिरहेको प्रदर्शनीमा भिन्सेन्टले जीवनलाई सरल र सहज रेखाबाट चित्रण गरेका छन्। उनले बनाएका चित्रहरुले जीवनको सरलतालाई प्रस्तुत गरेका छन्।

एउटा चित्रमा दुई वटा फूल एकअर्कासँग संवाद गरिरहेका छन्। ‘फ्लावर कन्भरसेसन’ शीर्षकको चित्रलाई भिन्सेन्ट एउटा फूल अर्को फूलसँग रिसाउँदा फकाइरहेको रुपमा अथ्र्याउँछन्।

‘लभर्स’ शीर्षकको चित्रकला भिन्सेन्टले आफ्नी प्रेमिकासँग लकडाउनको समयमा बिताएको पलको दृश्यांकन हो। दुई आकृति एकअर्कासँग संवाद गरिरहेको चित्रकलामा देख्न सकिन्छ। ‘लकडाउनको बेला म र मेरी प्रेमिकाले बिताएको पल हो यो,’ भिन्सेन्ट भन्छन्, ‘त्योबेला मैले उनलाई सम्बोधन गरेको कुरा चित्रमा देखाउन खोजेको हुँ।’

‘मिस्टिरियस गर्ल’ नाम दिइएको चित्रकलामा एउटा महिलाको आकृति कोरिएको छ। हेर्दा स्विडिस कार्टुनको पात्र ‘मुमिन’जस्तो देखिने यो आकृतिमा भिन्सेन्टले एक अज्ञात महिला कल्पना गरेका छन्। ‘यी अज्ञात युवतीलाई तपाईं प्रेम गर्नुहुन्छ,’ भिन्सेन्ट भन्छन्, ‘उसलाई नचिन्दासम्म हामीले प्रेम गर्ने हो। बाटोमा हिँडदा कुनै महिला आफ्नो सामुन्नेबाट गएमा हामी उसलाई प्रेम गर्छौं। यो चित्रमा त्यही विषय देखाउन खोजेको हो।’

‘कन्क्युलिकोट’, ‘ट्रि इन द फरेस्ट’, ‘ग्रास प्लान्ट’ तीन चित्रमा भिन्सेन्टले फूल, रुख र रुखको खण्डहरु छुट्याएका छन्। तीनै चित्रकला स्केचविनाका हुन्। भिन्सेन्ट यसलाई आफ्नो शोधको रुपमा बुझाउँछन्। ‘ग्रास प्लान्ट’मा भिन्सेन्टले नीलो रङ पानीको संकेतमा राखेका छन्, गाढा हरियो झारको रुपमा र हल्का हरियो रङ घामको संकेतमा राखेका छन्। क्रमशः अन्य दुई ‘ट्रि इन द फरेस्ट’ र ‘कन्क्युलिकोट’ चित्रकलामा पनि भिन्सेन्टले विभिन्न रङले घाम, पानी, फूल र रुखजस्ता वस्तुलाई चित्रण गरेका छन्।

‘यहाँ फूल, पानी, रुख, पातहरु छ,’ भिन्सेन्ट भन्छन्, ‘यी चित्रहरुमा मैले फुलहरुको खण्डिकरण गर्न खोजेको हुँ। यो चित्र र मेरो अभिव्यक्ति मात्रै नभएर मेरो रिचर्स पनि हो। कसरी कुराहरु प्रस्तुत हुन्छ भन्ने शोध हो।’

भिन्सेन्टको फूलहरुसँगको लगाव अन्य चित्रमा पनि देखिन्छ। ‘डान्सिङ फ्लावर्स’ चित्रमा उनले फूलहरु नाचिरहेको देखाएका छन्। उनी भन्छन्, ‘फूलहरु पनि नाँच्नुपर्छ। फूलहरु डान्सक्लब जान्छन्, उनीहरु रमाउँछन्, नाँच्छन्। यो नै जीवन हो।’

भिन्सेन्टको चित्रकलाको श्रवण गर्दा त्यसमा सरलता र सहजता देखिन्छ। न्याना रङ, फूल, पातजस्ता वस्तु फरक ढंगले कल्पना गरिएका चित्रहरु सरल छन्। भिन्सेन्ट यसलाई जीवनसँग जोडेर हेर्छन्।

भिन्सेन्ट आफू भने चित्रकलाबाट ठ्याक्कै कुनै अर्थ दिन नखोजेको बताउँछन्। ‘तपाईंले मलाई मेरो चित्रबारे सोध्नुभयो र मात्रै मैले बताएँ,’ भिन्सेन्ट भन्छन्, ‘तर, खास अर्थ त हेर्ने मान्छेले खोज्ने हो। मैले भन्न खोजेको कुरा मेरो चित्रकलामा छ। म बोलेर होइन, चित्रहरू बोलेर मान्छेले बुझ्ने हो।’

भिन्सेन्ट जीवनलाई सरल रुपमा हेर्न रुचाउँछन्। चित्र पनि सरल नै बनाउन रुचाउँछन्। उनी भन्छन्, ‘मेरो चित्रकलाको कुनै अर्थ छैन। म चित्र बनाउँछु, किनकि मलाई चित्र बनाउन मन लाग्छ। चित्रकला गर्नु सिर्जनात्मक काममध्येको सबैभन्दा उत्कृष्ट काम हो।’

भिन्सेन्टले फिल्मदेखि संगीतसम्मका विधामा हात हालेका छन्। तीमध्ये उनको प्रिय भने चित्रकला हो।

भिन्सेन्ट आफूलाई चित्रकला गर्न नआएकाले चित्र बनाइरहेको बताउँछन्। जब उनलाई चित्र बनाउन आउँछ, जब सबै कुराको ज्ञान पाउँछन्, तब सायद चित्रकला छाड्नेछन्। उनी भन्छन्, ‘त्यो दिन सायद नआउला। किनकि, सधैं केही न केही त सिक्नै पर्छ।’

भिन्सेन्ट सन् २००६ देखि नेपालमा छन। सन् १९७० मा फ्रान्सको राजधानी पेरिस नजिकैको शहरमा जन्मिएका उनी २००१ मा भारत आएका थिए। त्यसयता पूर्वी एसियाका विभिन्न ठाउँमा बस्दै आएका थिए। ‘नेपाल चित्रकला गर्नका एकदमै उपयुक्त ठाउँ हो,’ भिन्सेन्ट भन्छन्।

प्रदर्शनीमा उनका १८ वटा चित्रकला राखिएका छन्। सबै चित्र क्यानभासमा तेल रङले बनाइएका छन्। डिसेम्बर १० बाट सुरु भएको प्रदर्शनी डिसेम्बर २७ सम्म चल्नेछ।

 

 

L'affaire des 16 piliers, Vincent Gréby, Vajra publication Katmandou

Ouvrage disponible sur demande  veuilliez vous diriger vers la rubrique contact

 

 

भिन्सेन्टको नेपाल दर्पण

डेढ दशकदेखि नेपालमा रमाइरहेका उनलाई आफन्तले फ्रान्स बोलाउँछन्, उनी भने यता आउने निम्ता दिन्छन् । भन्छन् ‘नेपालको मोहनी बिछट्टको छ ।’
सुशीला तामा‌ङ

काठमाडौँ — राजधानीको पानीपोखरीस्थित सडक आफ्नै रफ्तारमा छ । त्यही सडकको साक्षी छ, जापानी राजदूतावासको भवन । राजदूतावास भवनकै ठीक पछाडि फ्रान्सेली चित्रकार भिन्सेन्ट ग्रेबीको जीवन विगत डेढ दशकदेखि सरल रेखामा यात्रा गरिरहेको छ ।

सहरको कोलाहल र यहाँका मानिसहरूको व्यस्त दैनिकीभन्दा भिन्न छ, भिन्सेन्टको दिनचर्या । मन लागेको समयमा चित्र कोर्छन्, साथीभाइसँग जमघट गर्छन् र रात फेरि आफ्नै लयमा कटाउँछन् । उनको भाडाको फ्ल्याटमा वरपर चित्र र रंगहरू यत्रतत्र छन् । उनी यसैमा औधी खुसी छन् । ‘यी चित्रहरू नै मेरा सबै चीज हुन्,’ उनी हाँस्दै भन्छन्, ‘यी चित्रहरू मात्र होइनन्, मेरो एकान्तको साथी, मनका भावना सबै हुन् । म यिनीहरूसँग नै संवाद गर्छु ।’

कलाकारितासँगै नेपालमा भिन्सेन्टको दैनिकी चलेको १५ वर्ष भइसकेको उनी स्मरण गर्छन् । कला सिर्जनाकै लागि एसियाली मुलुकहरूको भ्रमणकै क्रममा भिन्सेन्ट भारतबाट सन् २००६ मा नेपाल आइपुगेका थिए । ‘सन् २००१ मा म भारतमा आएको थिएँ । त्यता बसाइको पाँच वर्ष पुग्नै लाग्दा मनसुनको गर्मी र विषालु सर्पको त्रास छल्न म एक महिनाका लागि पोखरा आएको थिएँ । त्यसपछि मलाई नेपाल छोड्नै मन लागेन,’ उनी सम्झन्छन् । १० वर्षे सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेकै समयमा उनी नेपाल पसेका थिए । उनले बन्दुकका आवाजहरू सुने । उनका बारेमा माओवादीको तर्फबाट निकै खोजीनिती भए । उनलाई त्यही परिवेशमा झनै लेख्न मन लाग्यो ।

लगत्तै उनी भारतबाट काठमाडौं लाजिम्पाटमा बसाइँ सरे । त्यही क्रममा उनले जंगबहादुर राणादेखि जनयुद्धसम्मको राजनीतिक अवस्थालाई लिपिबद्ध गरे । नेपाल बसाइको दुई वर्षपछि नै सन् २००८ मा उनले पुस्तक ‘ले नोभेन्यु नेपाल औ ले परी देअन अटोपाई’ सार्वजनिक गरे । यससँगै उनले नेपालमै बसेर ‘लाफेयर देस सिक्सटिन पिलर्स’ पुस्तकसमेत लेखेका छन् ।

भिन्सेन्ट चित्रकारसँगै फिल्म, संगीतका स्रष्टा हुन् । चित्र सिर्जना र सिकाइलाई नै उनले निरन्तरता दिए । यही क्रममा उनी कम्बोडिया र दक्षिण कोरियासमेत पुगे । उनी भन्छन्, ‘सबै देशहरूभन्दा मलाई नेपाल नै राम्रो लाग्यो । चित्र कोर्न नेपाल धेरै राम्रो र शान्त छ । यहाँका मान्छेहरू असाध्यै राम्रा छन् ।’

चित्रकला सिर्जनायात्राका क्रममा उनले डेढ दर्जनभन्दा बढी कला प्रदर्शनीहरूमा सहभागिता जनाइसकेका छन् । नेपालमा नै उनले आधा दर्जनभन्दा बढी एकल र संयुक्त रूपमा कला प्रदर्शनी गरेका छन् । पुल्चोकस्थित विकल्प आर्ट ग्यालरीमा भिन्सेन्टको एकल चित्रकला प्रदर्शनी भइरहेको छ । सोमबारसम्म चल्ने प्रदर्शनीमा उनको नेपाल अनुभवमा आधारित चित्र छन् ।

विशेषगरी फूल र महिलाजस्ता विषयमा भिन्सेन्टले तेल रङमा चित्र बनाएका छन् । नेपालका महिला र पहिरन उनलाई असाध्यै मन पर्छ । त्यसैलाई उनले नेपाली महिलालाई नै कतिपय चित्रमा उतारेका छन् । उनी सुनाउँछन्, ‘नेपालका महिलाहरूले विवाह तथा केही उत्सवहरूमा लगाएका सारी र गहनाहरू मलाई निकै मन पर्छ । गहना र सारीमा उहाँहरूलाई सुन्दर देखिन्छ । जुन कुरा मैले फ्रान्समा देख्न पाएको थिइनँ ।’

नेपालका मानिसहरूसँगको कुराकानी उनी चित्रमा फूलहरूमार्फत गर्छन् । त्यसैमा उनी जीवनलाई समानान्तर रेखामा देख्छन् । जीवनलाई बिनाझन्झट शान्त र सरल रूपमा अगाडि बढाउन नेपालको भूमिले सहायता गरेको उनको भनाइ छ । फूलको आकृति र तिनमा प्रयुक्त गाढा रङहरूले मानव मनका स्वभाव तथा भावहरू बोलेको उनी प्रस्ट्याउँछन् । ‘यी फूल र रङहरू मात्र होइनन् । यसमा हामी नै छौं । कोही हाँसिरहेका, रिसाइरहेका र नाचिरहेका छन् । रोमियो र जुलियटसम्मको प्रेमको कुरासमेत यी फूलका चित्रहरूमा छन्,’ उनी भन्छन् ।

आतिथ्य र आपसी हेरचाहको संस्कारले उनलाई नेपाल छोड्न मन लाग्दैन । उमेरले उनी ५१ औं वसन्तमा हिँडिरहेका छन् । फ्रान्समा वृद्धावस्थाका बुवा, आमा र भाइ छन् । उनलाई उतै आउन र घरजम गरी बस्न आग्रह गर्छन् तर उनी बेला–बेलामा भेटगाट गरेर यतै फर्किहाल्छन् । अब फ्रान्स कहिले फर्कनुहुन्छ त भन्ने प्रश्नमा उनी केही गम्भीर हुँदै भन्छन्, ‘नेपालमा यत्रो समयसम्म बसियो । यतै बस्ने बानी पर्‍यो । अब किन जानु फ्रान्स ? यता कोही देख्नेबित्तिकै सन्चै छ, आउनुहोस् चिया खाऊँ, गफ गरौं भन्ने माहोल छ । यहाँ एकअर्काको कुरा सुन्ने र सकेसम्म हेरचाह गर्ने संस्कारले अन्त जान मन लाग्दैन ।’

२०७२ सालको भूकम्पमा उपत्यकामा सबै मानिसहरू एकआपसमा मिलेर एकै ठाउँमा बसेको, खाना वितरण गरेको दृश्यहरूले नेपालीहरूप्रतिको माया झनै बढाएको सुनाउँछन् । चित्र सिर्जनापछि भोक मेटाउन उनी आफैंले दालभात पकाउँछन् । उनलाई नेवारी खाजा सेट, मोमो र राँगाको मासु पकाएको खुब मन पर्छ । फुर्सदमा उनी विदेशी साथीभाइलाई बोलाई पकाएर खुवाउँछन् ।

प्रकाशित : पुस १२, २०७८ ०८:२०
Le nouveau Népal le pari d'une utopie Presentation :   Hier royaume d'une monarchie absolue d'origine céleste, le Népal se fait aujourd'hui le porte-drapeau d'une idéologie surgie des pages sanglantes du siècle dernier. Sous la bannière du Maoïsme les ter

Le nouveau Népal le pari d'une utopie

Presentation :

 

Hier royaume d'une monarchie absolue d'origine céleste, le Népal se fait aujourd'hui le porte-drapeau d'une idéologie surgie des pages sanglantes du siècle dernier. Sous la bannière du Maoïsme les terroristes d'hier ont pris les rênes du pouvoir. Plongés dans l'opposition depuis quelques mois, ces révolutionnaires arguent leur légitimité démocratique et la jeune république népalaise flotte entre les dérives aventuristes et l'immense espoir d'une république démocratique fédérale.

 

Ouvrage disponible chez l'harmattan : 

http://www.editions-harmattan.fr/index.asp?navig=catalogue&obj=livre&no=31799

 

Ou chez Vajra publication

 

http://www.vajrabookshop.com/product_display.php?category_cd=50

Léonard de Vinci n'a pas seulement peint, dessiné, sculpté, il a aussi beaucoup écrit.
De nombreux philologues ont tenté de regrouper les milliers de feuillets que comporte cette oeuvre. J.-P. Richter, en 1883, en a proposé une édition partielle en deux volumes qui contient notamment le Traité de la perspective linéaire. Agrémenté de schémas, structuré en paragraphes, ce texte expose la fameuse théorie dite des pyramides, ou comment transposer sur un plan en deux dimensions un effet tridimensionnel.
Bien plus qu'un simple précis d'esthétique, le traité constitue une réflexion quant à notre appréhension du réel. Tant de clairvoyance et de perspicacité ne peuvent que saisir le lecteur moderne.